काठमाडौँ - सर्लाहीमा खेतमा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका –५, सखुबनी निवासी सन्तोष पाण्डेकी छोरी १० वर्षीया निसा पाण्डेको मृत्यु भएको हो ।
रानिगन्जका एक स्थानीयले आफ्नो निजी जग्गामा खनेको खाल्डोमा जमेको पानीमा डुबेर अचेत भएकी निसालाई प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि मोडेल अस्पताल लालबन्दी लगिएको थियो ।अस्पताल ल्याएर उपचार सुरु गरेको केही बेरमै बालिकालाई चिकित्सकले मृत घोषणा गरेको थियो ।
प्रतिक्रिया