नारायणी नदीमा फेला पर्‍यो एक शव

शनिबार, २९ असार २०८१, १३ : १४

काठमाडौँ - चितवनको भरतपुर- २८ स्थित नारायण नदी किनारमा एक पुरुषको शव फेला परेको छ ।  

नदी किनारमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।  शवको साथमा केही कागजात पनि भेटिएको छ । प्राप्त कागजातको आधारमा उनी  भारतीय नागरिक ऋषि साह रहेको खुलेको  प्रहरीको भनाइ छ । 

शव भेटिएका व्यक्ति सिमलतालमा पहिरामा परेर त्रिशूलीमा खसेको बसका यात्रु हुनसक्ने अनुमानका साथ प्रहरीले थप अनुसन्धान गरिरहेको छ । मृतकका परिवारले शवको शनाखत गरे पनि उनी कुन शिलसिलामा चितवन पुगेका थिए भन्ने खुलिसकेको छैन । 

शनिबार, २९ असार २०८१, १३ : १४

प्रतिक्रिया