अनलाइन ठगी गर्ने एक महिला पक्राउ

शनिबार, २९ असार २०८१, १३ : ३०

काठमाडौँ - अनलाइनमार्फत ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका- ५ पिप्ले बस्ने २२ वर्षीया आस्था थापा रहेकी छन् ।

निजले तनहुँको व्यास नगरपालिका- १ बस्ने सिर्जना खड्कालाई सामाजिक सञ्जाल ह्वाट्सएपको प्रयोग गरी म्यासेजमार्फत विदेशबाट मोबाइललगायत सामान एयरपोर्टमा आएको छ भनी झुक्याएर रु पाँच लाख ठगी गरेकी थिइन् । पक्राउ परेकी थापा विरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए । 


 

शनिबार, २९ असार २०८१, १३ : ३०

प्रतिक्रिया