साउनको २० गतेसम्म थानकोट–चित्लाङ सडक  बन्द हुने

शनिबार, २९ असार २०८१, १५ : ४२

काठमाडौँ - साउनको २० गतेसम्म थानकोट–चित्लाङ सडक  बन्द हुने भएको छ ।

 सेतो पहरो क्षेत्रमा एक महिनादेखि विहान १० देखि बेलुका ५ बजेसम्म सडक बन्द गरेर उच्च ग्रेड कम गर्ने र साँघुरो ठाउँमा फराकिलो बनाउने काम भइरहेको छ । कडा चट्टानका कारण सडकको काममा ढिलाइ भएकोले आउँदो साउन २० गतेसम्मको लागि थानकोट–चित्लाङ सडक बन्द हुने सडक डिभिजन काठमाण्डौले जनाएको छ ।

अब साउनको २० गतेसम्म बैकल्पिक बाटोको प्रयोग गरेर यात्रा गर्न सडक डिभिजन काठमाडौँले आग्रह गरेको छ । 
 

शनिबार, २९ असार २०८१, १५ : ४२

प्रतिक्रिया