गैँडाकोटमा भेटिए दुई शव

शनिबार, २९ असार २०८१, १७ : ०३

काठमाडौँ - नवलपरासी पूर्वको गैँडाकोट–१० मा दुई जनाको शव भेटिएको छ ।

फेला परेका शव चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल घटनाका रहेको अनुमान गरिएको छ । यद्यपि प्रहरीले पुष्टि गरेको छैन । सनाखत भएपछि पुष्टि गर्न सकिने प्रहरीले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरो खस्दा शुक्रबार दुई वटा डिलक्स गाडी त्रिशूलीमा खसेका थिए । 

शनिबार, २९ असार २०८१, १७ : ०३

प्रतिक्रिया