प्रतिनिधिसभाको बैठक सोमबारका लागि सारियो

शनिबार, २९ असार २०८१, १७ : ४५

काठमाडौँ - प्रतिनिधिसभाको आइतबारका लागि निर्धारित बैठक सोमबारका लागि सरेको छ।

आइतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्ने नसक्ने भएकाले सोमबार अपराह्न १ बजे बस्नेगरी निर्धारण गरिएको संघीय संसद् सचिवालयले शनिबार सूचनामार्फत जानकारी गराएको छ। आइतबार अपराह्न १:१५ मा बस्नेगरी निर्धारण भएको राष्ट्रियसभाको बैठक पनि सोमबार बिहान ११:३० बजे बस्नेगरी सारिएको हो ।

शनिबार, २९ असार २०८१, १७ : ४५

प्रतिक्रिया