काठमाडौँ - कैलाली र सुनसरीमा भएको छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
कैलाली, गोदावरी नगरपालिका- ५ गेटा स्थित सडकमा अत्तरियाबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र.०१-००८ प ३३३७ नम्बरको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा चालक धनगढी उपमहानगरपालिका- ४ उत्तरबेहडी बस्ने ३५ वर्षीय भीम बहादुर पुनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
सुनसरी, कोशी गाउँपालिका- ६ श्रीपुर स्थित सडकमा प्र.१-०४-००१ प ०१०५ नम्बरको मोटरसाइकल र प्र.१-०२-०४१ प ४४९५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई गए राति दुर्घटना हुँदा प्र.१-०२-०४१ प ४४९५ नम्बरको मोटरसाइकल चालक कोशी गाउँपालिका- ६ बस्ने प्रकाश भगतको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ३ जनालाई उपचारको लागि आर्या न्युरो अस्पताल विराटनगरतर्फ पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया