काठमाडाैं-
मेष
भाग्यको बलियो साथ रहेकाले आँटेका कामहरुमा जोश र जाँगर पैदा हुने छ । गाईपालन, दुध, पानी, पेय पदार्थ, मदिरा, कलेज तथा विश्वविद्यालय, बोडिङ्ग स्कूल, शिक्षा क्षेत्र, अध्ययन अध्यापन आदीमा सहभागिहरुको आम्दानी बृद्धि हुने छ । शेयर बजार सकारात्मक देखिन्छ ।
वृष
भाग्यको साथ नभएकाले धेरै संघर्ष तर थोरै प्रतिफल आउने छ । जीवनसाथिको सल्लाह लिएर कार्य अघि बढाएमा केही राहत मिल्ने छ । संयमित भएर पाईला चाल्नु पर्ने समय रहेकाले धैर्य हुनु होला । रोजगारी गरिरहेकाहरुलाई समय औसत रहेको छ भने ब्यवसायमा रहेकाहरुको हकमा समय प्रतिकुल छ । शेयर बजार भने सकारात्मक बन्ने छ ।
मिथुन
मनमा दुविधा र अत्याधिक बढि विचारहरु आएर अन्योलतामा पारि दिने छ । साझेदारीमा गरिएका काममा पनि समस्याहरु बढ्न पुग्ने छन् । पेशागत जीवनमा शत्रुतापूर्ण वातावरण उत्पन्न हुन पुग्दा झैझगडाको अवस्था आउने छ । शेयर क्षेत्र सकारात्मक बन्ने छ ।
कर्कट
योसँगै रिसाहा ब्यक्तित्व हुने भएकाले यसबारेमा ध्यान दिनु होला । चार्टड एकाउन्टेण्ट, उद्योग, कलकारखाना, आयात निर्यात, लेखा व्यवसाय, ढुवानीका सवारीसाधन, औषधीको आपूर्ति आदीमा संलग्नहरुलार्य समय शुभ रहेको छ । शेयर क्षेत्र अनुकुल तर्फ जाने छ ।
सिंह
सकारात्मक दृष्टिकोण भन्दा नकारात्मक विचार बढि आउने भएकाले यसले उर्जामा ह्रास ल्याउने छ । अत्याधिक शारीरिक थकान हुने छ । खेल जगत, जिमखाना संचालन, घर जग्गाको कारोवार, सुरक्षा फौज, सेना, सेक्युरिटी पेशा, होटल, रेष्टुरेण्ट आदी जस्ता क्षेत्रमा सहभागिहरुलाई समय अनुकुल रहेको छैन् । शेयर बजार पनि अनुकुल रहने छैन् ।
कन्या
राखिएका लक्ष्य वा सपना पुरा नहुने भएकाले यसबारेमा धेरै नहडबडिनु होला । जीवनसाथिको साथसहित काम गरेमा प्रगति हुने छ । राजनीति, लेखन, पत्रकारिता, प्रकाशन, वाणिज्य, गरगहरनाको ब्यापार, व्यवस्थापन, बैंकिङ्ग जस्ता क्षेत्रमा रहेकाहरुलाई समय प्रतिकुल छ । शेयर बजार प्रतिकुल रहने छ ।
तुला
मनमा निराशा आउने छ । रोजगारी तथा तथा व्यवसायमा समस्याहरु देखा पर्न थाल्ने छन् । साझेदारीमा गरिएका काममा पनि समस्याहरु देखा पर्ने छन् । सन्तानबाट पनि सुख प्राप्त हुने छैन् । जसले गर्दा मनमा उदासिनता बढाउने छ ।
वृश्चिक
पेशागत जीवनमा महत्वपूर्ण जिम्मेबारी संहाल्नु पर्ने समय छ । भाग्य बलियो रहेको छ । मनोबल उच्च हुने भएकाले दृढ ब्यक्तित्व हुने छ । तर रिस भने अत्याधिक कडा खालको हुने भएकाले संयमित रहने प्रयास गर्नु होला । शेयर क्षेत्र अनुकुल देखिन्छ ।
कुम्भ
मेहनत गर्दा गर्दै पनि प्रतिफल कम हुन जाँदा मनमा निराशा छाउने छ । स्वास्थ्य समस्या देखिने छ । आर्थिक अवस्था भने धानिने छ । मुद्धा मामिलाजन्य विषयमा सतर्क रहनु होला । झैझगडा भन्दा शान्तिपूर्ण रुपमा काम लिन धैर्य बन्नु होला ।
मीन
पेशागत जीवनमा बादबिबादमा फस्न पुगिने छ । भाग्यको साथ नरहेकाले मेहनत धेरै तर फल कम मात्र प्राप्त हुने छ । राजनीति, ठेक्कापट्टा, वाणिज्य, ब्यवस्थापन, गरगहनाको ब्यापार, पत्रकारिता, स्टेशनरी जस्ता क्षेत्रमा कार्यरतहरुलाई सतर्क रहनु पर्ने समय छ । शेयर क्षेत्र औसत छ ।
प्रतिक्रिया