अभिनयमा पनि देखिन थालिन गायिका इब्सल

मंगलबार, ०१ साउन २०८१, १३ : ३५

काठमाडौँ- सुरिलो स्वरका कारण लोकदोहोरीमा पछिल्लो समय चर्चामा रहन सफल गायिका इब्सल सन्ज्याल अभिनयमा पनि देखिन थालेकी छन् ।

 अर्जुन सापकोटा र सुनिता बुढाथोकीको स्वर रहेको ‘आधा मुटु’ बोलको गीतमा बनेको भिडियोमा उनले मोडलिङ गरेकी हुन् । माया, प्रेम, वियोग समेटिएको भिडियो अभिनयमा इब्सललाई गायक अर्जुन सापकोटाले अभिनयमा साथ दिएका छन् । भिडियोमा प्रेमकथा बुनिएको छ ।

मदन सापकोटाको शब्द, मोहन नेपालीको संगीत, पूर्ण संयोगको एरेन्ज रहेको भिडियोमा रणधिर श्रेष्ठ छायाङ्कन र सम्पादन छ ।
 

मंगलबार, ०१ साउन २०८१, १३ : ३५

प्रतिक्रिया