काठमाडौँ - पशुपति क्षेत्रमा ‘ऐतिहासिक पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ सुरु भएको छ ।
इतिहासमै पहिलो पटक हुँदै गरेको ऐतिहासिक कोटिहोम मानव सेवा फाउन्डेसनलगायत विभिन्न संघ–संस्थाको आयोजनामा साउन महिनाभर पशुपति क्षेत्र परिसरमा कोटिहोम महायज्ञ आयोजना हुँदैछ । कोटिहोमको पूर्वसन्ध्यामा विभिन्न र्याली तथा प्रभातफेरि जस्ता कार्यक्रमको आयोजना गरिएको थियो भने सोमबार हजारौँ भक्तजनहरुको उपस्थितिमा विशाल शोभा कलश यात्रा गरिएको थियो ।
महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, राधिका दासी, श्री राम कथावाचक चन्द्रकला सखी र श्रीमदभागवतकी लोकप्रिय युवा कथा वाचिका देवी प्रतिभालगायतको कथा प्रवचन रहेको छ । त्यस्तै, साउन महिनाभ महायज्ञमा १०८ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिक मन्त्रसहित अनवरत हवन, ५ हजार १०० दिव्य कलश पूजन, ४ वेद पाठ, ११ हजार बढी बालिकाको कन्या पूजन, हजारौँको तुलादान, २१ हजार बढी ज्येष्ठ नागरिकको सम्मान, तण्डुलाचल चामलको पर्वत निर्माणलगायतको कार्यक्रम रहेको छ ।
प्रतिक्रिया