आजको भविष्य तुला, मकर,वृष राशिलाई शेयर बजारमा फाइदा,अन्य राशिलाई के छ ?

बुधबार, ०२ साउन २०८१, ०६ : १६

काठमाडाैं - आज वि.सं.२०८१ साल श्रावण महिनाको २ गते बुधबार, आषाढ शुक्लपक्षको एकादशी तिथि ।

मेष 
प्रशासन, निजामति, लत्ता कपडा, पत्रकारिता, ब्यवस्थापन, ठेक्का पट्टा, औषधी, हार्डवेयर, सिमेण्ट, फलाम, स्टिल जस्ता क्षेत्रमा लाभ प्राप्त हुने छ । शेयर बजार अनुकुल देखिन्छ । शेयर बजारको हकमा भने समय औसत रहेको छ । 

वृष 
बोलीको प्रभाव बढ्ने छ । ब्यक्तित्वमा पनि प्रभावशालीपना बढोत्तरी हुन जाने छ । पेशागत तथा ब्यावसायिक क्षेत्र एक हदसम्म सकारात्मक देखिन्छ । भाग्यको बलियो साथ रहेको छ । शेयर बजार सकारात्मक बनेको छ । 

मिथुन 
रोजगारी तथा ब्यावसायमा कठिनाईहरु सामना गर्नु पर्ने देखिन्छ । घर घडेरी, सवारीसाधन, गाडि, बाहन, जग्गा जमिनको सन्दर्भमा नोक्सानी ब्योहर्नु पर्ने हुन सक्ने भएकाले यसबारेमा सतर्क रहनुहोला । शेयर बजार अनुकुल देखिँदैन् । 

कर्कट
 पानी, मदिरा, दुध, कोल्ड ड्रिक्स, आयात, निर्यात, धार्मिक वस्तुहरुको ब्यापार, आदीको ब्यापारमा संलग्नहरुका लागि समय प्रतिकुल रहेको छ । शेयर बजार न त सकारात्मक न त प्रतिकुल औसत अवस्थामा रहेको छ । 

सिंह
समय सकारात्मक रहेको छ । भाग्य बलियो रहेको छ । दृढ ब्यक्तित्व हुने छ । पेशागत र ब्यावसायिक जीवन अनुकुल रहने समय रहेको छ । राखिएका लक्ष्य प्राप्त हुने छन्, आम्दानीमा बृद्धि हुने छ । 

कन्या
समय अलि प्रतिकुल रहेकाले संयमित तरीकाले रहनु पर्ने समय छ । मनमा निरन्तर दुविधा बढ्ने छ । सुख सुविधामा कमि आउने छ । शेयर बजार अनुकुल भए पनि धेरै उत्साहि हुने समय भने छैन् । 

तुला 
 पैतृक सम्पत्तिका विषयमा परिवारमा विवाद उत्पन्न हुन पुग्ने छ । शेयर बजार अनुकुल देखिँदैन् । 

वृश्चिक
कमजोर मनोबल हुने छ । यसले दुविधात्मक ब्यक्तित्व बनाउने भएकाले कार्य सम्पादनमा जोश र जाँगरको कमि हुन जाने छ । शरीरमा कमजोरी बढ्ने छ । साझेदारीका कामहरु भने सकारात्मक दिशामा अघि बढ्ने छन् । 

धनु 
भाग्यको बलियो साथ रहेको छ । भित्रि बुद्धि सक्रिय हुने भएकाले कार्य सफलता हुने छ । परिवारको साथ रहने हुनाले कठिनाईका क्षणहरुमा जुध्न बलियो तागत प्राप्त हुने छ । शेयर बजार अनुकुल देखिन्छ । 

मकर 
ब्यक्तित्वमा दृढता विकास हुने छ । तर कडा र रिसाहापनामा पनि बृद्धि हुने भएकाले यसबारेमा संयम हुन नसके नोक्सानी ब्योहर्नु पर्ने छ । पारीवारिक मिलन हुने छ । 

कुम्भ 
शान्त स्वाभावको ब्यक्तित्व हुने छ । आम्दानीमा बृद्धि हुने छ । पारीवारिक प्रशंसा प्राप्त हुने छ । आम्दानीमा थोरै भए पनि बृद्धि हुन जाने छ । मेहनति र पराक्रमी भाव मनमा पैदा हुन जाने छ । 

मीन
समय प्रतिकुल रहेकाले संयमित रहनु पर्ने देखिन्छ । मनमा दुविधा बढ्ने छ, त्यसैले निर्णय क्षमतामा कमि आउने छ । परिवारका सदस्यहरुका बीचमा कटुता देखा पर्ने भएकाले सकभर बिबादमा नजाँदा राम्रो देखिन्छ । ।

बुधबार, ०२ साउन २०८१, ०६ : १६

प्रतिक्रिया