काठमाडौं- नेकपा(माओवादी केन्द्र) वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वरिष्ठ संस्कृतिवीद् ८९ वर्षीय हरिराम जोशीसँग आज उहाँकै निवास मानभवन ललितपुरमा पुगी छलफल तथा सम्मान गरेका छन् ।
उपाध्यक्ष श्रेष्ठ र मदन पुरस्कारबाट विभुषित भैसक्नुभएका जोशीबीच कला, संस्कृति, चाडपर्व, सभ्यता र त्यसभित्र मौलाउदै गएका विकृति अन्त्य गरी मुलुकलाई स्वनिर्भर बनाउनेबारे गम्भीर अन्तरक्रिया भएको छ।
नेपालको प्राचिन अभिलेख, चण्डेश्वरी, नामाकरण विधि, सतीप्रथा, लोकगणतन्त्र अभिनव संस्कृति कोश, पञ्च पल्लव जस्ता कृतिका सर्जक जोशीले "हाम्रो भन्ने भावनामा ज्युन मन लाग्छ" भावको कविता सुनाउँदा भेटघाट थप रोचक बनेको थियो।
प्रतिक्रिया