गायक परियारको गीत ‘धोकेबाज’ सार्वजनिक

शुक्रबार, ०४ साउन २०८१, १३ : ११

काठमाडौँ - शिव परियारको स्वरमा ‘दुई दिनको मायाले मलाई रुवायो’ अर्थात ‘धोकेबाज’ बोलको गीत सार्वजनिक भएको छ। 

एक कार्यक्रमबीच सार्वजनिक गरिएको गीत लोक फ्युजन शैलीको रहेको छ। रविन लामिछानेको शब्द रहेको गीतमा युवराज मगरले संगीत भरेका छन्। गीतलाई एचबीएन किस्मतले एरेन्ज गरेका हुन्। त्यसैगरी, स्वरमा शिवलाई गायिका समीक्षा अधिकारीले सघाएकी छिन्।  

गायक परियारले सबैखालका गीत गाउँदै आएको बताउँदै यो गीत केही नयाँ लोकफ्युन शैलीमा तयार गरेर नयाँ युवापुस्तालाई लक्षित गरेर ल्याएको सुनाए । गीतको भिडिओमा रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशन रहेको छ । भिडिओमा आश्मा विश्वकर्मा र ओबी रायमाझी फिचर्ड छन् । मानकृष्ण महर्जनको छायांकन रहेको गीतलाई बन्दे प्रसादले सम्पादन गरेका हुन्।

 

 

 

 

शुक्रबार, ०४ साउन २०८१, १३ : ११

प्रतिक्रिया