काठमाडौं - निश्चल बस्नेत र स्वस्तिमा खड्काको फिल्म ‘बेहुली फ्रम मेघौली’ नयाँ गीत ‘उडायो मन’ सार्वजनिक गरिएको छ ।
यही वर्षको असोज १७ गते घटस्थापनाको दिन प्रदर्शनमा आउने यो फिल्मको सार्वजनिक गीत जयन जे वाइवाले तयार पारेका हुन् । गीतको सङ्गीतसँगै शब्द तथा ऐरेन्ज पनि वाइवाकै हो । यो गीतमा इन्द्रकला राईको स्वर सुन्न सकिन्छ । गीतमा नेपालीसंगै थारु भाषाका शब्दहरु समेत समिश्रण गरिएको छ ।
गीतका मूल सर्जक केशवराज महतो हुन् भने थारु शब्दको पुनर्लेखन अशोक थनेतले गरेका हुन् । गीतको भिडियोमा फिल्मकी अभिनेत्री स्वस्तिमा खड्कालाई फिचर गरिएको छ । त्यसो त गीतमा स्वस्तिमासंगै सिमरन खड्का तथा निश्चल बस्नेतलाई पनि देख्न सकिन्छ । गीतको कोरियोग्राफी शेखर घर्ती मगरले गरेका हुन् ।
प्रतिक्रिया