काठमाडाैं- आज वि.सं. २०८१ साल साउन महिनाको ५ गते शनिबार, आषाढ शुक्लपक्षको चतुदर्शी तिथि ।
मेष
प्रतिफल ढिला गरि आउँदा मनमा हतासा आँउने छ । मनमा दुविधाका मात्रा धेरै आउँदा निर्णय क्षमतामा कमि ल्याउने छ । पेशागत जीवनमा निरन्तर यात्रा जारी राख्नका लागि केन्द्रीत रहनु नै ठिक हुने छ ।
वृष
दृढ खालको व्यक्तित्व हुने हुँदा कसैले पनि हेप्न सक्ने छैनन् । बोली अलि कडा शैलीको हुने हुँदा अरुको चित्त छिट्टै दुख्ने भएकाले संयमित रहनु होला ।
मिथुन
बाठोपनामा बृद्धि हुँदा चतुर स्वाभावमा बृद्धि हुने छ । नरम प्रकृतिको हाउभाउले गर्दा अरु सबैले मन पराउने छन् । आम्दानीमा केही बृद्धि हुने हुँदा परिवारमा खुशी ल्याउने छ ।
कर्कट
परिवारका मानिसहरुको साथले पेशागत जीवन र आम्दानीमा बढोत्तरी हुने छ । दाम्पत्य जीवनमा सुखको परिस्थिति आउने छ । तर सन्तान सुखमा भने कमि आउने भएकाले मनमा पीर पर्ने छ ।
सिंह
पेशागत जीवन औसत रहने छ । राखिएका सपना तथा लक्ष्यहरु अपेक्षा गरिए अनुरुप प्राप्त गर्न कठिन हुने देखिन्छ । कडा शैलीको बोली र ब्यक्तित्व हुने भएकाले त्यसबारेमा संयमित रहनु होला । ।
कन्या
चतुर र दृढ खालको व्यक्तित्व हुने छ । कसैसँग नझुक्ने स्वाभाव हुने हुँदा जो कोहि पनि हच्कने छन् । प्रतिष्पर्धात्मक स्वाभाव हुने भएकाले शत्रु तथा प्रतिष्पर्धीहरुसँग जित हासिल हुने छ ।
तुला
पेशागत जीवनमा उतार चढाव आउने समय सक्रिय रहेकाले संयमित रहनु होला । धेरै प्रतिवादमा उत्रने भन्दा लचक प्रवृत्ति यस बेला उपयुक्त हुने देखिन्छ । मनमा खिन्नताको मात्रा बढ्न जाने भएकाले मन नियन्त्रणमा ध्यान दिनु होला । आत्मबलमा कमि आउने छ ।
वृश्चिक
आफ्नो लक्ष्यप्रति स्पष्ट हुने दृढता आउने छ । लक्ष्य प्राप्तिमा अठोटले लाग्ने र आम्दानीमा बृद्धि गर्नु पर्दछ भन्ने सोच मनमा तिब्र आउने छ । बोली प्रभावकारी बन्ने छ । पेशागत जीवनबाट सन्तोष प्राप्त हुने छ भने आफूले निभाएको कामको कदर हुँदा मनमा खुशी छाउने छ ।
धनु
परिवारका मानिसहरुले धेरै सहयोग गर्ने छन् । भाग्यको साथ रहेकाले कठिन परिस्थितिमा पनि दृढ रहेर अघि बढ्नका लागि मद्धत मिल्ने छ । आलोचना गर्नेहरुको क्रम धेरै देखिने भएकाले यसबारेमा सतर्क रही अघि बढ्नु होला ।
मकर
परिवारका मानिसहरुले विश्वास गर्ने छन् र साथ दिने छन् । दृढ खालको मनोबल हुने छ । पेशागत जीवनमा संयमित भएर पाइला चाल्नु पर्ने देखिन्छ । रिस नियन्त्रणमा ध्यान नदिए पेशागत जीवनमा द्वन्दबाट परिस्थिति गुज्रने छ ।
कुम्भ
मनमा सकारात्मक भन्दा नकारात्मक विचारका क्रम बढ्न जाने छ । जसले गर्दा मनोबलमा पनि कमि ल्याउने हुँदा नकारात्मक भन्दा सकारात्मक विषयलाई जोड दिनु होला ।
मीन
आम्दानीमा हुने बृद्धि हुँदा परिवारमा खुशीयाली छाउने छ भने मनमा पनि सन्तोष मिल्ने छ । अरु विषयमा भने मन उदासिन रहने छ । साझेदारीमा गरिएका कामहरुमा समस्याहरु देखा पर्ने भएकाले संयमित रहनु होला । बौद्धिक स्तरमा बृद्धि हुने छ ।
प्रतिक्रिया