मिस नेपाल नर्थ अमेरिकाका लागि सदीक्षा र सरिशा जादैँ

आइतबार, ०६ साउन २०८१, ११ : २६

काठमाडौँ- मिस नेपाल नर्थ अमेरिका २०२४ को फिनाले समारोहका लागि नेपालबाट न्यूयोर्क जाने सेलिब्रेटी गेस्टको टुङ्गो लागेको छ । 

समारोहमा नेपालबाट पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ, पूर्वमिस नेपाल अर्थ सरिशा श्रेष्ठ सहभागी हुने निश्चित भएको हो । उनीहरूसँगै चिकित्सक उदीप श्रेष्ठ, पूर्वमिस कम्पोपोलिटन वर्ल्ड प्रियारानी लामा, फिटनेस उद्यमी भावना कलवानी न्यूयोर्क जाने टुङ्गो लागेको छ ।यसपटकको संस्करणको कोरियोग्राफरमा सदिक्षा र ट्रेनरको रुपमा प्रियारानी छन् । यतिबेला मिस नेपाल नर्थ अमेरिका २०२४ को तयारी धमाधम चलिरहेको छ । 

फाइनलिस्ट घोषणासँगै भोटिङ पनि चलिरहेको छ । सर्वाधिक मत ल्याउने ‘मिस पपुलर २०२४’ले अन्तिम १० मा स्थान पाउनेछिन् ।  मिस नेपाल नर्थ अमेरिका नेपाली डायस्पोराको सबैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिताअन्तर्गत पर्छ ।

आइतबार, ०६ साउन २०८१, ११ : २६

प्रतिक्रिया