आजको भबिष्य : यी राशिले आर्थिक र शेयर बजारबाट लिनसक्छन् लाभै लाभ, हेनुस् राशिफल

सोमबार, ०७ साउन २०८१, ०५ : २९

आज वि।सं।२०८१ साल साउन महिनाको ७ गते आइतबार, आषाढ शुक्लपक्षको पूर्णिमा तिथि । 

मेष 
साझेदारीमा गरिएका काममा भने द्वन्द चर्किने जाने छ । शारीरिक सुखको अभाव हुने छ । प्राप्त भइरहेको सुखसयलका साधनहरु गुम्ने चुनौति छ । शेयर कारोबारबाट हल्का फाइदा मिल्ने छ ।

वृष
पेशागत जीवनमा प्रतिष्पर्धीहरु वा विरोधीहरुले पेल्ने भएकाले सतर्क रहनु होला । बौद्धिक स्तरमा बृद्धि हुने छ । शेयर क्षेत्र औसत प्रकारको हुँदा हुँदै पनि हल्का सकारात्मक नतिजा दिने खालको हुने छ ।

मिथुन 
पारीवारिक जीवनमा द्वन्द देखा पर्ने भएकाले संयमित रहनु होला । मनमा दुविधा धेरै आउँदा निर्णय क्षमतामा कमि आउने छ । दृढ व्यक्तित्व हुने छ । शेयर बजारमा जोखिमपूर्ण रहने छ । 

कर्कट
व्यापार, विजनेश, वाणिज्य, एजेन्टिङ्ग, कारोवार जस्ता क्षेत्रमा सक्रियहरुलाई फाईदा हुने छ । रिस नियन्त्रणमा भने ध्यान दिनु होला । व्यवस्थापकीय क्षमतामा बृद्धि हुने छ । शेयर क्षेत्र पनि अनुकुल रहने छ ।

सिंह
 धेरै जोखिमका काममा हात हाल्ने समय देखिँदैन् । पेशागत जीवनमा सचेत भएर व्यवहार गर्नु पर्ने समय देखिन्छ । शेयर क्षेत्रमा धेरै जोखिम रहेको छ ।

कन्या
साझेदारीमा गरिएका काममा बिबाद र द्वन्द देखिने छ । सम्पत्ति तथा सञ्चित रहेको धन सम्पत्तिामा नोक्सानी हुने समय रहेकाले यस विषयमा सचेत रहनु होला । शेयर बजार अनुकुल बन्ने छैन् । 

तुला
यसले पारीवारिक जीवनमा खुशीयाली ल्याउने छ । बोलीमा नरमपना देखा पर्ने छ । तर पेशागत जीवनमा भने केही अस्थिरता देखा पर्ने हुन्छ । व्यवस्थापकीय क्षमतामा कमि आउँदा काम गर्ने क्षमतामा राम्रो नतिजा देखिने छैन् । शेयर बजार औसत रहने छ । 

वृश्चिक
सामान ढुवानी गर्ने सवारीसाधन, निर्माण सामग्री, विकास निर्माणका कामहरु, ठेक्कापट्टा, श्रमिक क्षेत्र, स्वास्थ्य सामानका आपूर्ति जस्ता क्षेत्रमा आवद्धहरुलाई समय अनुकुल रहने छ । शेयर क्षेत्र सकारात्मक रहने छ ।

धनु 
आम्दानी सोच जस्तो नहुँदा मनोबलको कमि हुन जाने छ वा कमजोर मनोबलका कारण आम्दानीमा हुनु पर्ने जति प्रगति हुने छैन् । कमाईका लागि छोटो छोटो यात्रा गर्नु पर्ने समय आउने छ । शेयर बजार अनुकुल रहने छ ।

मकर 
साझेदारमिा गरिएका कामहरुमा बिबाद देखा पर्ने छ । शरीरमा धेरै थकाई लाग्ने छ । मनमा दुविधा धेरै आउने छ । धैर्य भएर अघि बढ्नु पर्ने खालको समय छ । शेयर बजार औसत रहने छ ।

कुम्भ 
समय धैर्य हुनु पर्ने खालको छ । मनमा सकारात्मक भन्दा नकारात्मक विचारले थिच्ने हुँदा जीवन र जगतलाई सकारात्मक दृष्टिकोणबाट हेर्ने प्रयास गर्नु होला । 

मीन
आम्दानीमा केही बृद्धि हुने छ । जीवनसाथिको सल्लाहमा काम गरेमा बढि फाइदा मिल्ने समय छ । दृढ खालको व्यक्तित्व हुँदा हुँदै परि रिस भने  उच्च हुन पुग्ने हुँदा यस विषयमा विचार गर्नु होला । 

सोमबार, ०७ साउन २०८१, ०५ : २९

प्रतिक्रिया