सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुनुमा क्यानको दोषी छ : सांसद ढकाल

विहीबार, १० साउन २०८१, १३ : १८

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुनुमा नेपाल नागरिक उड्‌डयन प्राधिकरण (क्यान) को नेतृत्व दोषी रहेको बताएका छन् । 

बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसद ढकालले सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुनुमा क्यानको नेतृत्व दोषी रहेको बताएका हुन् । उनले जहाज दुर्घटनाको नतिक जिम्मेवारी पनि क्यानले लिनुपर्ने बताए । 

बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्नासाथ दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । जहाजका पाइलट मनिषरत्न शाक्यको भने जीवितै उद्धार गरिएको थियो । उनको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।  सांसद ढकालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको बिजनेस प्लानको दस्ताबेज आफूहरूले नपाएको बताए । 'पोखरा विमानस्थलको बिजनेस प्लानको डकुमेन्ट पाएका छैनौँ । त्यो उपलब्ध गराइदिन मन्त्रीज्यूलाई अनुरोध छ,' उनले भने ।

विहीबार, १० साउन २०८१, १३ : १८

प्रतिक्रिया