गायक पराजुली गीत ‘सम्झिराखन’ सार्वजनिक

विहीबार, १० साउन २०८१, १८ : ३१

काठमाडौँ - गायक द्वय सुजन पराजुली र भिजे घिमिरेको गीत ‘सम्झिराखन’ बजारमा आएको छ । मानसिक स्वास्थ्य लाई प्रमुख विषय बनाइएको गीतमा, सङ्गीत, शब्द तथा अभिनय गायकद्वयको नै रहेको छ । 

कथा बस्तुमा भिजे र सुजन यमराज र चित्रगुप्तको भूमिकामा देखिन्छन् । मानसिक स्वास्थ्यको कारण स्वर्ग लोक  अस्वाभाविक मृत्युदर बढेको कारण व्यवस्थापन गर्ने गाह्रो भएकोले रोकथामको लागी उनीहरू पृथ्वी लोकमा गएको र  रोकथाम नियन्त्रण गर्न सफल भएको कथा लाई आकर्षक ढङ्गले  देखाउन खोजिएको छ । 

गीतको कथा बस्तु अनि डाइरेक्सन अनमोल केसी अभिनीत चलचित्रका  निर्देशक सुयोग गुरुङको रहेको छ । भिजे म्युजिक युट्युब च्यानलबाट  रिलिज  गरिएको गीतमा किरन थापा र अभी वाग्लेको कोरियोग्राफ रहेको छ भने गीतको अरेन्ज विप स्टुडियोले गरेको छ ।  

 

 


 

विहीबार, १० साउन २०८१, १८ : ३१

प्रतिक्रिया