टीआरसीको संयन्त्रको बैठक आज पनि बस्दै

शुक्रबार, ११ साउन २०८१, ०८ : ०३

काठमाडौँ सङ्क्रमणकालीन न्याय (टीआरसी) को सहजीकरणका लागि बनाइएको संयन्त्रको बैठक आज पनि बस्ने भएको छ ।  बैठक बिहान ९ बजे सिंहदरबार स्थित गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा बस्नेछ । 

बैठकमा कार्यदल सदस्यहरू नेपाली कांग्रेसबाट गृहमन्त्री लेखक, नेकपा एमालेबाट महेश बर्तौला र नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा सहभागी हुनेछन् ।  यसअघि प्रमुख राजनीतिक दलहरू टीआरसी विधेयक र शान्ति प्रक्रियाका काम सहमतिमै टुङ्ग्याउन सहमत भएका थिए । संयन्त्रले टीआरसी विधेयकमा यसअघि जुट्न नसकेको बुँदामा सहमति खोज्नेछ ।

शुक्रबार, ११ साउन २०८१, ०८ : ०३

प्रतिक्रिया