मौसम विश्लेषणः यस्तो छ अबको तीनदिनको मौसम

आइतबार, १३ साउन २०८१, ०५ : ५३

काठमाडाैं-  देशभर तीनदिनदेखि मौसम बदली भइरहेको छ।  कोशी प्रदेश लगायत बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू भागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वअनुमान महाशाखाका अनुसार लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आइतबार, १३ साउन २०८१, ०५ : ५३

प्रतिक्रिया