फिल्म ‘ह्रस्व दीर्घ’ को नयाँ पोस्टर सार्वजनिक

आइतबार, १३ साउन २०८१, १२ : ११

काठमाडौं-आगामी असोज ३ गते अर्थात संविधान दिवसको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । आइतवार सार्वजनिक यो फिल्मको पोस्टरमा अभिनेता हरिहर अधिकारीलाई एंग्री योङ्गम्यानको रुपमा प्रस्तुत गरिएको छ ।

चन्द्र पन्तको डेब्यू निर्देशकीय फिल्मको सार्वजनिक पोस्टरमा हरिहरसहित कवीर सिंह दुहान, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकारलाई फिचर्ड गरिएको छ । केही दिनमा यो फिल्मको टीजर सार्वजनिक गर्ने तयारी निर्माण टिमको छ । फिल्मको पोस्टरले दर्शकलाई उत्साहित बनाउने विश्वास निर्देशक पन्तको छ । नीता फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनञ्जय गलानी हुन् । यो फिल्ममा नीता ढुंगाना, ब्रह्मा नन्दम, अली, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा यो फिल्म रिलिज हुनेछ । विजय वस्यालले पोस्टर डिजाइन गरेको फिल्मलाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।

आइतबार, १३ साउन २०८१, १२ : ११

प्रतिक्रिया