काठमाडौं- युवा अभियानकर्मी सुदन चुदालीको नयाँ पुस्तक ‘युवाको इतिहास’ सार्वजनिक भएको छ। नयाँ पुस्तकमा उनले विभिन्न समयमा युवाहरूले गरेका संघर्ष र उनीहरूको योगदानबारे आलेख तयार पारेका छन्।
युवा आन्दोलन तथा परिवर्तनका लागि युवाहरूको भूमिकालाई आधार बनाएर चुदालीले नयाँ पुस्तक युवाको इतिहास तयार पारेका हुन्।
अर्घाखाँचीका स्थायी बासिन्दा रहेका चुदालीले यसअघि २०७८ सालमा युवा र समाज शीर्षकमा पुस्तक लेखेका थिए। नयाँ पुस्तक युवा र इतिहासमा उनले परिवर्तन र उत्पादनका लागि विभिन्न देशमा युवाहरुले गरेका योगदानबारे चर्चा गरेका छन्। यस पुस्तकमार्फत उनले नयाँ पुस्तामा प्रेरणा र ऊर्जा जगाउने विचारोत्तेजक आलेखहरू समेटेका छन्। आठराई प्रकाशनले प्रकाशन गरेको यस पुस्तक लेखक चुदालीले निशुल्क रुपमा ग्रामीण क्षेत्रका विद्यालय र पुस्तकालयमा पनि वितरण गर्ने अभियान चलाएका छन्।
यसअघि पनि उनले भूकम्प, नाकाबन्दी, कोरोना महामारी लगायतका जटिल अवस्थामा विभिन्न जिल्लामा पुगेर युवाहरूलाई सहयोग प्रदान गर्दैआएका थिए।
प्रतिक्रिया