सकियो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को छायांकन

सोमबार, १४ साउन २०८१, १६ : १०

काठमाडौँ - फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को सम्पूर्ण छायांकन सकिएको छ । फिल्मको छायांकन दुई चरणमा गरेर ४० दिन लगाएर पूरा गरेको हो ।

कलाकारहरूको बलियो लाइनअप रहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’लाई सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण गरिएको हो । फिल्ममा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ । यस्तै, फिल्ममा विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ, अलिशा बास्तोला र देशभक्त खनाल लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ भने बालकालकारमा जान्भि पौडेल र स्वायम् केसी रहेका छन् ।

विनोद पौडेल र प्याट्रिक सुवेदी फिल्मको लगानी कर्ता हुन् । फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन् । फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ । फिल्ममा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी रहेको छ ।
 

सोमबार, १४ साउन २०८१, १६ : १०

प्रतिक्रिया