काठमाडौँ - उमेश राउतको शब्द सङ्गीतमा "माया जाँचेर" सार्वजनिक भएको छ।
आश्मा दुलाल र जनक घिमिरेको आवाजमा रहेको पूर्वेली भाकाको गीत सार्वजनिक भएको हो।लामो समय परदेश बसेर फर्केको प्रेमीले केही नबोलेपछि प्रेमिकाले माया जाँचेर लैजान आग्रह गर्दै सुरु गीत सुरु भएको छ।
पूर्वेली गीत माया जाँचेर विशुद्ध प्रेम भाव बोकेको गीत हो । पुरुषोत्तम सुवेदीले सङ्गीत संयोजन गरेको गीतलाई प्रिज्म रेकर्डिङ स्टुडियोमा कमल थापा र गोविन्द अनेकले रेकर्ड गरेका हुन् भने श्याम श्वेत रसाइलीले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।
प्रतिक्रिया