काठमाडौँ - फिल्म ‘सतीदेवी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।
महिलाको विषयमा निर्माण भएको फिल्मको ट्रेलरमा पनि महिला सशक्तीकरणको सन्देश नै समेटिएको छ । फिल्ममा मलिकाको अलवा सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोलाराज सापकोटा र बाल कलाकार हर्षिका वली र मन्जिला बानियाँको अभिनय छ । निर्देशक लक्ष्मणकै लेखन, गीत, निर्माण समेत रहेको फिल्म गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुतिमा श्रीदेवी सुवेदीले बनाएकी हुन् ।
भदौ ७ गतेदेखि सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्मले सौराह दक्षिण एसियाली फिल्म फेष्टिभलमा सर्वोत्कृष्ट फिल्म, शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक तथा तेस्रो नेपाल ग्रामीण फिल्म फेष्टिभलमा सर्वोत्कृष्ट फिल्म, सर्वोत्कृष्ट स्क्रिप्ट र सर्वोत्कृष्ट अभिनेत्री जुरी मेन्सन अवार्ड जितेको थियो ।
प्रतिक्रिया