फिल्म ‘रावायण’को टिजर सार्वजनिक

शुक्रबार, १८ साउन २०८१, १७ : ४९

काठमाडौं - आगामी भदौ २१ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘रावायण’को टिजर सार्वजनिक गरिएको छ । 

शुक्रबार राजधानीमा एक कार्यक्रमकाबीच  सार्वजनिक टिजर अभिनेता पल शाहको एक्सनलाई प्राथमिकता दिइएको छ । फिल्ममा भिलेन चरित्रमा देखिएका प्रमोद अग्रहरि, प्रकाश शाह, प्रदीप ढकाललाई निकै सशक्त रुपमा प्रस्तुत गरिएको छ । टिजरमा नायिका पुजा शर्मा, प्रियंका कार्की, निकिता चण्डक पनि अटाएका छन् ।

सुदर्शन थापाले फिल्म निर्देशन गरेका हुन् । थापाले फिल्म मार्फत आफूलाई परिवर्तन गर्ने कोशिस गरेको बताए ।  पलको अलवा पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, रोजिता पराजुलीलगायतको अभिनय छ ।

फिल्ममा शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, निरज सिंह, रेवन आरती सिंहको संगीत छ । विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन रहेको फिल्म वितरण आरआर फिल्मसले गर्नेछ ।

शुक्रबार, १८ साउन २०८१, १७ : ४९

प्रतिक्रिया