फिल्म 'देवी' को टिजर सार्वजनिक

आइतबार, २० साउन २०८१, १३ : ५७

काठमाडौँ - फिल्म 'देवी' को टिजर सार्वजनिक गरिएको छ। शनिवार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। 

सार्वजनिक टिजरमा बलात्कार जस्ता अपराजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा पेश गरेको छ। क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मका निर्देशक सञ्जोग राई हुन्। फिल्मको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन् । 'देवी' एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको फिल्म हो। सार्वजनिक प्रदर्शनका लागि यो फिल्म निर्माण टिमले बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ।

फिल्ममा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का, विकास पन्तलगायत कलाकारको अभिनय छ। सञ्जेन थापाको फिल्ममा एक्सन रहेको छ।

रेमन गुरूङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको फिल्मको कार्यकारी निर्माता जावेद खान तथा सह-निर्माता उजेन नोर्वे गुरूङ र मिलन लामा हुन्। जोएल फ्रोमले छायाङ्कन गरेको फिल्मको पटकथामा निर्देशक राईलाई अजय गौतमले सघाएका छन्। यो फिल्म भदौ २१ गतेदेखि प्रदर्शन हुनेछ। 

 

 

आइतबार, २० साउन २०८१, १३ : ५७

प्रतिक्रिया