चलचित्र ‘माइली’को शुभमुहूर्त

सोमबार, २१ साउन २०८१, १३ : ४४

काठमाडौँ -  सोमबार बिहान भद्रकाली मन्दिरमा चलचित्र ‘माइली’को शुभ मुहूर्त गरिएको छ ।

चलचित्र माइलीको कथामा महिलाहरूलाई प्राथमिकता दिइएको कलाकार प्रियंका कार्कीले बताइन् । उनले चलचित्रले देशको अहिलेको अवस्था जे छ त्यसलाई चत्रचित्रमा देखाइने बताइन् । उनले गाउँघरतिर महिलाहरूले भोग्नु परेका दुःखका आधारमा चलचित्र बन्न लागेको उल्लेख गरिन् ।

चलचित्र बाबुसाहेब बलामीको कन्सेप्ट र निर्देशनमा बन्न लागेको हो । शंकर अधिकारी ‘घायल’को गीत र पटकथा, संवाद तथा राजेन्द्र बजगाइँको संगीत रहने यस चलिचत्रमा प्रियंका कार्की, करिश्मा मानन्धरलगायत विभिन्न कलाकारहरूको अभिनय रहने छ ।

सोमबार, २१ साउन २०८१, १३ : ४४

प्रतिक्रिया