काठमाडौँ - प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको बिजनेस एक्सिलेन्स समिट–२०८१ सम्पन्न भएको छ ।
कम्पनीले देशैभरि फैलिएका शाखाका शाखा प्रमुखहरू र उच्च व्यवस्थापकहरूको उपस्थितिमा बिजनेस एक्सिलेन्स समिट–२०८१ सम्पन्न गरेको हो । कार्यक्रम साउन १८ गतेबाट साउन २० गतेसम्म ३ दिन चितवनको नारायणगढमा सञ्चालन भएको हो । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरे ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले सहभागीहरूमा स्वागत मन्तव्य राखे । उक्त कार्यक्रमको अवसर पारेर उत्कृष्ट कार्य सम्पादन गर्ने शाखा प्रमुखहरूलाई सम्मान गरिएको थियो । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले कार्य सम्पादनमा आउन सक्ने चुनौतीलाई अवसरको रूपमा परिणत गरी अगाडी बढ्न हौसला प्रदान गरे । साथै आगामी वर्षमा व्यवसाय विस्तारमा विशेष जोड दिन उनले निर्देशन दिए ।
प्रतिक्रिया