काठमाडौँ-अभिनेता तथा निर्देशक रमित ढुंगानाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई समेटेर आगामी फिल्म ‘नमेटिने घाउ’को पोस्टर सार्वजनिक गरेका छन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई मात्र पोस्टरमा राख्दा धेरैले नेता नेपालबारे चासो राखेका थिए ।
यही चासोबीच नेता नेपाललाई केन्द्रीय भागमा चित्रण गर्दै ढुंगानाको उक्त फिल्मको पोस्टर सार्वजनिक भएको छ । फिल्ममा नेपालले एसिड आक्रमणविरुद्ध प्रतिबद्धता जनाउने नेताको भूमिका निर्वाह गरेका छन् । गत महिना उनले यसको छायांकन गरेका थिए ।
प्रतिक्रिया