फिल्म ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक

विहीबार, २४ साउन २०८१, १६ : १८

काठमाडौँ - भदौ ७ देखि प्रदर्शन हुने फिल्म ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक भएको छ। 

अभिनेता रमित ढुंगानाको डेब्यु निर्देशनमा बनेको फिल्म सत्य घटनामा आधारित ३३ जना एसिड पीडितको संघर्षको कथा छ। फिल्मको कथा तथा पटकथा शिवम अधिकारीले लेखेका हुन्। अभिनेता ढुंगानाको नै लगानी रहेको फिल्म भदौ ७ गते प्रदर्शन हुनेछ।

फिल्ममा मुस्कान खातुन, रचना गौतम, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, प्रभात पल ठकुरी, आरती आचार्य, सुरवीर पण्डित, सुनिल कटुवाल, अपेक्षा न्यौपाने, क्रान्ति शाह, आरजु लेखक, एलिसा गुरुङलगायत कलाकारको अभिनय छ। साथै एसिड पीडित आन्दोलनमा साथ दिने प्रधानमन्त्री ओली, पूर्व प्रधानमन्त्री माधव नेपाल, पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीको पनि फिल्ममा विशेष भूमिका छ।

रमित ढुंगाना फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा नीरज कँडेलको छायाङ्कन, बनिश शाहको सम्पादन, ओम सुनारको सङ्गीत तथा किरण ढकालको द्वन्द्व निर्देशन छ।

 

विहीबार, २४ साउन २०८१, १६ : १८

प्रतिक्रिया