यी राशिलाई आज आर्थिक कारोबारबाट हुन अत्यन्तै ठूलो लाभ

काठमाडाैं- आज वि।सं।२०८१ साल साउन महिनाको २७गते आइतबार श्रावण शुक्लपक्षको सप्तमी ,तिथी ।

मेष :आम्दानीका विषयमा मनमा असन्तोष बढ्ने देखिन्छ । सोचेको जति आम्दानी नभए पनि आम्दानीको अवस्था निराशाजनक पनि हुने छैन् । भाग्यहिनताको महशुस हुने हुँदा कर्मको मात्रा बढाउनु पर्ने छ । अध्ययनमा पटक्कै मन जाने छैन् । भित्रि बुद्धिको सक्रियतामा भारी गिरावट आउने छ । पेशागत जीवनमा धैर्य भएर पाइला चाल्नु होला । शेयर क्षेत्र शुभ देखिँदैन् ।

वृष: सेवा क्षेत्रमा रहेकाहरुलाई समय धेरै प्रतिकुल नबने पनि व्यावसायमा रहेकाहरुलाई भने जोखिमपूर्ण समय रहेकाले सतर्क भइ पाइला चाल्नु होला । ठेक्कापट्टा, निर्माण, साहसिक व्यावसायका क्षेत्रहरुमा सक्रियलाई समय चुनौपूर्ण रहेको छ । शेयर क्षेत्र प्रतिकुल रहने छ ।
 

मिथुन: भाग्यको  साथ रहेकाले कतिपय विषय वस्तु बिग्रिन खोजे जस्तो हुँदा हुँदै पनि सकारात्मक नतिजा दिनेतर्फ ढल्कन जाने छन् । आम्दानीमा गिरावट आउँदा त्यसले मनमा र आन्तरिक चतु¥याईँमा नकारात्मक असर पार्ने छ । शिक्षा क्षेत्र, अध्यापन, शिक्षण, स्टेसनरी जस्ता व्यवसायमा संलग्नहरुलाई फाइदा मिल्ने छ । शेयर क्षेत्र हल्का अनुकुल रहने छ । 


कर्कट: मनमा दुविधा अत्याधिक आउन जाँदा निर्णय क्षमतामा कमि आउने छ । दाम्पत्य जीवनमा द्वन्द र बादबिबाद देखा पर्ने भएकाले सतर्क भएर अघि बढ्दा उचित हुने छ । राजनीति, व्यवस्थापन, किराना पसल, वकालत, शिक्षा क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ । शेयर क्षेत्र अनुकुल तर्फ ढल्कने छ ।

सिंह :मनमा अत्यन्त उदासिनता आउने छ । खुशी तथा दुःखमा आँखाबाट आँशु आउने स्वाभाव हुने छ । पेशागत जीवन औसत रहन खोजेता पनि पेशा व्यवसायको विषयलाई लिएर मनमा पिर थपिने छ ।  शेयर क्षेत्र भने सकारात्मक रहने छ ।

कन्या: मनोबल कमजोर भएको व्यक्तित्व हुने छ भने शरीरिक कमजोरीले सताउने छ । साझेदारीमा गरिएका काममा समस्या देखा पर्न जाने छ । होटल, रेष्टुरेण्ट, सुरक्षा निकाय, खेल जगत, सर्जरी जस्ता क्षेत्रमा सक्रियहरुलाई समय कठिन देखिन्छ । शेयर क्षेत्रले प्रतिफल दिने छैन् ।

तुला :  पेशागत जीवन अनुकुल रहँदा समेत आफुलाई भाग्यले साथ नदिएको जस्तो आभाष भइरहने छ । यस विषयमा सचेत रहनु होला । हार्डवेयर, निर्माण सामग्री, कल कारखाना, स्टेसनरी, शिक्षा क्षेत्र आदीमा संलग्नहरुलाई समय अनुकुल रहने छ । शेयर क्षेत्र सकारात्मक रहने छ ।

वृश्चिक: अध्ययन अध्यापनमा मन जाने छैन् । मनोबल कमजोर हुनेछ । रक्तचाप तथा शारीरिक अवस्थामा असन्तुलन देखा पर्ने छ । बोलीमा कडापन देखा पर्ने भएकाले यस बारेमा सचेत रहनु होला ।शारीरिक परिश्रम गर्ने क्षेत्रमा आवद्धहरुले सचेत रहनु पर्ने समय छ । शेयर क्षेत्र शुभ रहने छैन् । 

धनु : खालको व्यक्तित्व हुनेछ । तर पारीवारिक जीवनमा कटुताले द्वन्द निम्त्याउने छ । मनमा उदासिताले निकै सताउने छ । निराशाजनक विचार मनमा आउने हुँदा यस विषयमा सतर्क रही सकारात्मक विचारबारे मन केन्द्रीत गर्दा उपयुक्त हुने छ । 

मकर :  मनमा स्थिरताको आभाष हुने छ । केही ठोस कार्य अघि बढाउनका लागि कदम चाल्ने दृढता आउने छ । भविष्य प्रतिको आशावादीपनाले गर्दा पेशागत जीवनमा पनि निकै ठुलो मद्दत मिल्ने छ । पेशागत जीवनमा केही महत्वपूर्ण कदम अघि बढ्ने छ ।

कुम्भ: भाग्यको साथ रहेको छैन् । त्यसले गर्दा मेहनत अनुसारको प्रतिफल नआउँदा यसले कर्मप्रति निराशाजनक भाव बढाउने हुँदा धैर्य भएर कर्म गर्न भने नछोड्नु होला । पर्यटन, ट्राभल्स एजेन्सी, किराना पसल, राजनीति, ठेक्कापट्टा आदी जस्ता क्षेत्रमा सक्रियहरुलाई समय प्रतिकुल छ । शेयर क्षेत्र केही शुभतर्फ रहने छ ।

मीन :प्रतिष्पर्धीले धेरै पेल्ने छन् । मनोबलमा कमजोरी देखा पर्ने छ भने शारीरिक रुपमा पनि कमजोरीहरु देखा पर्न जाने छन् । जीवनसाथिको साथ लिएर काम गरेमा केही राहत अवश्य मिल्ने छ । पेशागत र व्यावसायि जीवनमा जोखिमपूर्ण कदम नचाल्नु होला । शेयर क्षेत्र भने केही सकारात्मक रहने छ ।

१ महिना अगाडि

प्रतिक्रिया