जिल्लाको विकासको लागि नेता धामीको  दौडधुप, जनतामा आशाको संचार

शुक्रबार, २६ बैशाख २०८२, १२ : ५१

काठमाडौं– नेपाली कांग्रेस नेता तथा मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामी दार्चुलाका पालिकाका समस्याहरुको बारे  विभिन्न मन्त्रालय तथा बिभागहरुमा प्रत्येक दिन धाउने गरेका छन् ।  । 

ग्रामीण बस्तीका प्रमुख समस्याहरु लिएर उनी अधिकांश समय जनताका समस्या समाधानका लागि हाल राजधानी मा ब्यस्त  रहदै आएका छन् । पछिल्लो समय राजनीतिक दलहरु र नेताहरु प्रति वितृष्णा पैदा भैरहेको बेला आफ्नो निजि  स्वार्थ भन्दा माथि उठेर धामी  निरन्तर जनताको सेवामा सक्रिन छन् । n2

जिल्लाका ९ वटै स्थानिय तहहरुमा भरपर्दो र गुणस्तरीय संचार  सेवाको लागि नेपाल टेलिकमका महाप्रबन्धक संगिता पहाडीलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।  जिल्लाको ब्यास, अपी हिमाल, नौगाड जस्ता बिकट क्षेत्र मात्रै नभई  महाकाली  ,मालिकर्जुन, शैल्यसिखर, लेकम जस्ता क्षेत्रहरुमा समेत नमस्तेको नेटवर्कमा समस्या भएको हुदा सामनाधानका लागि पहाडीसँग आग्रह गरे । ज्ञापनपत्र बुझ्दै पहाडीले समस्या सामाधानका लागि तत्काल पहल गर्ने आश्स्वासन दिइन् । यस्तै मोबाइल सेवा निर्देशनालय बबरमहलका  निर्देशक प्रेम सिलवालले तत्काल  स्थलगत निरिक्षण गरि काम गर्न निर्देशन दिने बताएका छन् ।n1
 
जिल्लाको उकु, बाँकु, लाली, धाप ,दत्तु ,गोकुलेश्वर जस्ता अन्य खेतीयोग्य जमिन का लागि उचित आधुनिक  एबम बैज्ञानिक सिंचाइ  व्यवस्थापनका लागि सिंचाइ  विभागका  महानिर्देशक  संजिव बराल र उप महानिर्देशक मित्र बरालको समेत ध्यानाकर्षण गराएका छन् । 

 
 
 
शुक्रबार, २६ बैशाख २०८२, १२ : ५१

प्रतिक्रिया