अमिर खानले अभिनयबाट लिन संन्यास लिने

आइतबार, २७ साउन २०८१, १७ : ३७

काठमाडौँ - बलिउड अभिनेता आमिर खानले अभिनयबाट संन्यास लिने भएका छन् । हालै भारतको सर्वोच्च अदालतमा आमिर खानको फिल्म ‘लापता लेडिज’ देखाइएको थियो ।

सोही क्रममा आमिरले अभिनय क्षेत्रबाट सेवा निवृत्त हुनेबारे कुराकानी गरेका हुन् । ‘कोरोना भाइरसको महामारीको समयमा मैले फिल्म प्रडक्सन नै आफ्नो करियरको अन्त्य हुने महसुस गरेको थिएँ । म त्यति बेला ५६ वर्षको थिएँ । यी वर्षमा मेरो उमेर अरू बढी सकेको छ । शायद आफ्नो काम देखाउन मसँग अब १५ वर्ष जति बाँकी होला,’ आमिरले भनेका थिए ।

अबका वर्षमा आफूले वर्षमा एउटा मात्रै फिल्म खेल्ने पनि उनले बताए । तर निर्माताको रूपमा भने आफूलाई दम छ जस्तो लागेका सबै कथा कहानी देखाउन सक्ने उनले बताए । आमिर खानले प्रायः बलियो सन्देश भएका फिल्महरू मात्रै गर्छन् । फिल्म निर्माण गरेर आफूले नयाँ नयाँ आवाज र कहानीलाई मौका दिने उनको भनाइ छ ।

वर्षमा ४५ वटा जति फिल्म बनाउँछ भन्ने आफूले सोचेको पनि उनले बताएका छन् । ओटीटी प्लेटफर्ममा रिलिज भएको लापता लेडिजलाई दर्शकहरूले निकै मन पराएका थिए ।एजेन्सी

आइतबार, २७ साउन २०८१, १७ : ३७

प्रतिक्रिया