ग्लोकल टीन हिरो नेपालको १०औं संस्करण अन्तर्गत, ग्लोकल २० अन्डर२० को घोषणा

आइतबार, २७ साउन २०८१, १८ : ०१

काठमाडौँ - आज ग्लोकल टीन हिरो नेपाल १०औं संस्करणमा आवेदन दिने प्रतिभावान किशोरकिशोरीबाट उत्कृष्ट २० घोषणा गरिएको छ। 

ग्लोकल टिन हिरोले विगत एक दशकदेखि शैक्षिक क्षेत्र बाहेक किशोरकिशोरीहरूमा रहेको प्रेरणा र उत्साहलाई उजागर गर्दै, उनीहरूको समाजमा गरेको प्रभावकारी कार्र्य र अद्वितीय प्रतिभालाई पहिचान गराउन एक मञ्च प्रदान गर्दै आएको छ। ग्लोकल टिन हिरो नेपालले १३ देखि १९ वर्षका किशोरकिशोरीहरूको पहल, सिर्जनशीलता र उत्साहलाई गहिरो रूपमा मान्यता दिँदै, उनीहरूलाई स्थानीय र वैश्विक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सशक्त बनाउँदै आएको छ। 

देशभरिबाट आएको ७०९ आवेदनबाट मूल्याङ्कनको सम्पूर्ण प्रक्रिया मार्फत २०२४ को लागि उनीहरूले उपलब्ध गराएको जानकारी, प्रभावकारी कार्य विवरणहरू र अन्तर्वार्ताको आधारमा ग्लोकल २०अन्डर२० चयन गरिएको छ। २०अन्डर२० किशोरकिशोरीहरूले विज्ञान, स्वास्थ्य कार्यकर्ता, उद्यमशीलता, बाल अधिकारकर्मी, वातावरणविद्, एआई विज्ञान÷अनुसन्धान जस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन्।

यस वर्षका उत्कृष्ट किशोर किशोरीको सुची यस प्रकार रहेको छ :
1.    आदेश रेग्मी, १८, सामाजिक कार्यकर्ता
2.    आशिष पन्थी, १९, सामाजिक कार्यकर्ता 
3.   आयुष्मान पुरी, १८, सामाजिक कार्यकर्ता
4.   आर्यन बस्नेत, १८, आईटी उत्साही 
5.    आशिष बंजारा, १८, सामाजिक कार्यकर्ता
6.    घनश्याम विश्वकर्मा, १९, बालअधिकारकर्मी 
7.    ह्याङ्साम नेम्वाङ, १७, उद्यमी
8.   कौशल निरौला, १९, वातावरण अभियन्ता
9.    किशोर शाही, १६, जलवायु अभियन्ता
10.    क्रिस्टिना खनाल, १८, प्राविधिक उत्साही
11.    निश्चल भट्टराई, १६, सामाजिक कार्यकर्ता
12.   प्रशिम तिम्सिना, १६, टेक्नोप्रेनर
13.    पूर्णिमा तिम्सिना, १७, बाल अधिकार कार्यकर्ता 
14.    सजनी शर्मा, १९, सामाजिक कार्यकर्ता
15.    सौरभ बाँस्तोला, १७, STEM कार्यकर्ता 
16.   शक्ति केसी, १९, एआई उत्साही 
17.    श्रीजय सुवेदी, १८, प्राविधिक उत्साही
18.    सिन्सिया केसी, १९, स्वास्थ्य कार्यकर्ता
19.    सुगम पराजुली, १९, उद्यमी
20.   तुषार शाह, १७, इनोभेटर

देश भरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन हामीसँग विभिन्न सँघसंस्थाहरु साझेदारका रुपमा जोडीएका छन्।  ग्लोकल प्रालिले शीर्षक साझेदारको रूपमा गोल्छा गु्रप सँग साझेदारी गरेको छस रणनीतिक साझेदारको रूपमा भारतीय दूतावास, युरोपेली संघस संघीय गणतन्त्र जर्मनीको दूतावास, युएन वुमेनस पार्ट्नरका  रुपमा  होन्डा, कोका कोला,  डब्ल्यूडब्ल्यूएफ नेपाल, टोयोटा, KFC पंचकन्या गु्रप, नबिल बैंक, डिशहोम गो, ब्अभ क्ष्लकतष्तगतभ या ःबलबनझभलत, र रियल् जुसस प्रारम्भ साझेदारको  रूपमा द् सोल्टी काठमाडौस इन्टरनेट साझेदारको रूपमा वोर्ल्डलिंकस आतिथ्य पार्टनरमा कोजी होमस एयरलाइन्स पार्टनरको रूपमा एति एयरलाइन्सस पी आर साझेदारमा प्रिस्मा एडभरटाईजिंगस आउटरिच पार्टनरको रूपमा kdf No Next Question (NNQ); समर्थकमा ईसेवा, पिज्जा हट र आईएमएस गु्रप रहेका छन्।   

उत्कृष्ट ६ को घोषणा अगस्ट २० तारिकमा हुने छ र चयन भएका युवाहरुको सम्मान सेप्टेम्बर १, २०२४ मा हुने ग्लोकल टिन हिरो अवार्ड महोत्सब र सम्मेलन मार्फत हुने छ। 
 

आइतबार, २७ साउन २०८१, १८ : ०१

प्रतिक्रिया