फिल्म 'बुलाकी' को नयाँ गीत सार्वजनिक

सोमबार, २८ साउन २०८१, १७ : २६

काठमाडौँ - फिल्म 'बुलाकी' को नयाँ गीत सार्वजनिक गरिएको छ। 

सोमबार सार्वजनिक 'रातले कुर्या चन्द्रमा' गीतमा गायक करण परियार र गायिका अन्नु चौधरीको स्वर छ।  नेपाल आइडल सिजन ५ का विजेता करणको यो पहिलो फिल्मी गीत हो। उनले यसबाट पार्श्वगायनमा डेब्यु गरेका हुन्।  गीतमा शब्द, संगीत र एरेन्ज बाबुल गिरीको छ।  भिडिओमा फिल्मका शीर्ष कलाकार अभिनेत्री सुरक्षा पन्त र अभिनेता विराज विष्ट फिचर्ड छन्।

छत्रेश्वरी म्यानेजमेन्ट प्रालीको ब्यानरमा बनेको 'बुलाकी'  लाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन्। फिल्मको कथा राजबहादुर सानेले लेखेका हुन्। स्व. मोती विष्टको प्रस्तुति रहेको फिल्मको निर्मातामा टोपेन्द्र विष्ट छन्। फिल्ममा सुरक्षा र विराजसँगै नरेन खड्का, सरस्वती खत्री लगायतले शीर्ष भूमिकामा अभिनय गरेका छन्। 

यसअघि गतवर्ष प्रदर्शनमा आएको फिल्म रि–रिलिज हुन लागेको हो।  फिल्मले यसबीचमा देश तथा विदेशमा सम्पन्न विभिन्न अवार्ड तथा फिल्म महोत्सवहरूमा अवार्ड पाएको छ। 'बुलाकी'ले कर्णाली भेगको जारी प्रथालाई प्रस्तुत गरेको छ।

 

सोमबार, २८ साउन २०८१, १७ : २६

प्रतिक्रिया