गीतकार कमलाको तिज गीत ‘बरिलै आउँदैन बार बार’ सार्वजनिक

मंगलबार, २९ साउन २०८१, १६ : ४८

काठमाडौँ - गीतकार तथा साहित्यकार कमला न्यौपानेले नयाँ तिज गीत ‘बरिलै आउँदैन बार बार’ सार्वजनिक भएको छ ।

तिज गीतमा विकृति भित्रियो भनेर आलोचना भइरहेको समय न्यौपानेको गीत भने कलासंस्कृति जगेर्ना गर्ने र एकदम स्वच्छ र सबै परिवारसँग बसेर हेर्न मिल्ने खालको छ ।आलोकश्रीको सङ्गीत रहेको गीतमा कुशल सिंहको सङ्गीत संयोजन छ । गीतमा गायिका बिन्दु परियारले स्वर दिएकी छन् । गीतको भिडियोमा जुना कार्की र रीचा थापाको अभिनय छ । 

केशव राज भट्टको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा मानकृष्ण महर्जनको छायाङ्कन र विकास दाहालको सम्पादन छ ।भिडियोका प्रोडक्सन म्यानेजर गायक अनुप रेग्मी हुन् भने निर्माता डा. प्रकाश न्यौपाने रहेका छन् । 

मंगलबार, २९ साउन २०८१, १६ : ४८

प्रतिक्रिया