सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिंदै

बुधबार, ३० साउन २०८१, १० : ४६

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार (आज) विश्वासको मत लिंदैछन् ।

शाहले दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । शाह कांग्रेस र एमालेको समर्थनमा २० साउनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ५३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि शाहलाई २७ जनाको समर्थन आवश्यक पर्छ ।

शाहलाई कांग्रेसका १८ र एमालेका ११ गरी २९ जनाको समर्थन छ भने नागरिक उन्मुक्ति पार्टीसमेत सरकारमा भएकाले नाउपाले पनि विश्वासको मत दिनेछ । प्रदेश सभामा १० सिट रहेको माओवादी केन्द्र, ४ सिटको एकीकृत समाजवादी, राप्रपाकी खेमादेवी बिष्ट  र स्वतन्त्र सदस्य डा। ताराप्रसाद जोशी प्रतिपक्षमा छन् ।

बुधबार, ३० साउन २०८१, १० : ४६

प्रतिक्रिया