काठमाडौँ- ललितपुर– इमाडोलमा सडक भासिएको छ।
ललितपुरको इमाडोलस्थित महालक्ष्मी नगरपालिका– ३ बाक्लोगाउँ चोकभन्दा अगाडि नयाँ पुल(बोझेपोखरी हुँदै इमाडोलतर्फ जाने भित्री सडकमा भ्वाङ परेर सवारी आवागमन अवरुद्ध भएको हो। सडकको झण्डै ३ मिटर क्षेत्रमा भ्वाङ परेको सवारी आवागमन अवरुद्ध भएको ललितपुर प्रहरी प्रवक्ता (एसपी) नरेशराज सुवेदीले जानकारी दिए।
सडक भासिनुको कारण खुलेको छैन। यसअघि काठमाडौंस्थित टुकुचा खोलामाथि बनाइएको सडक पनि भासिएको थियो। कमलादीस्थित उक्त सडक भासिँदा सवारी आवागमन ठप्प भएको थियो।
काठमाडौं प्लाजादेखि उत्तरतर्फ दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने एकतर्फी सडक भासिएको हो।
प्रतिक्रिया