राष्ट्रिय सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

विहीबार, ३१ साउन २०८१, ०८ : ५२

काठमाडाैं- संघीय संसद्अन्तर्गत राष्ट्रिय सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम रहेको छ । 

त्यस्तै, बैठकमा प्रधानमन्त्री, गृह, उर्जा र संस्कृतिमन्त्रीले जवाफ दिने कार्यसूची छ ।  बैठक दिउँसो सवा १ बजे बस्नेछ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको जवाफ टेबुल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।  

त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनेलगायतको का
र्यसूची तय भएको छ । 

विहीबार, ३१ साउन २०८१, ०८ : ५२

प्रतिक्रिया