गायिका न्यौपानेको तिज गीत ‘आएन परदेशी’ सार्वजनिक

विहीबार, ३१ साउन २०८१, ११ : ०७

काठमाडौँ - गायिका सज्नु न्यौपानेले नयाँ तिज गीत ‘आएन परदेशी’ सार्वजनिक गरेकी छन् । 

गीतकार सुमन वैरागी पण्डितको शब्द तथा संगीतमा तयार भएको ‘आएन परदेशी’ मा सङ्गीत संयोजन डोलराज बाह्रघरेले गरेका छन् । गीतमा सहयोगी स्वरमा बेलीमाया पुलामीले साथ दिएकी छन् । गीतको म्युजिक भिडियोलाई स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेकी छन् । 

दुर्गा पौडेलको छायाङ्कन एवं नवीन घर्तीमगरको सम्पादन रहेको भिडियोमा सज्नु न्यौपाने, सजिना लामिछाने, सबिता पोखरेल, बेलीमाया पुलामी, मेनुका लामिछानेको अभिनय छ । ‘आएन परदेशी’ भिडियोलाई गायिका सज्नु न्यौपानेको युट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन् ।

विहीबार, ३१ साउन २०८१, ११ : ०७

प्रतिक्रिया