निफ्राको सीईओमा अधिकारी नियुक्त

विहीबार, ३१ साउन २०८१, १२ : ०९

काठमाडौँ - पूर्वाधार विकास बैंक (निफ्रा) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् ।

२०८१ साउन ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले भदौ २ गतेदेखि लागू हुनेगरी सीईओमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो । हाल निफ्राको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको रूपमा सूर्यबहादुर तामाङले जिम्मेवारी सम्हाल्दै आएका छन् । 

विहीबार, ३१ साउन २०८१, १२ : ०९

प्रतिक्रिया