१३ वर्षीया बालिका बलात्कार आरोपमा युवक पक्राउ

विहीबार, ३१ साउन २०८१, १५ : ५०

काठमाडौँ - बालिकालाई बलात्कार गरेको आरोपमा झापाबाट प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–२ घर भएका २१ वर्षीय रामकृष्ण श्रेष्ठ छन् ।उनले १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ । आरोपीले प्रलोभन देखाएर मंगलबार राति आफ्नै घरमा लगेर बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । घटनाबारे इलाका प्रहरी कार्यालय झिलझिलले अनुसन्धान गरिरहेको छ । 
 

विहीबार, ३१ साउन २०८१, १५ : ५०

प्रतिक्रिया