यातायात कार्यालय एकान्तकुनाका अधिकृत रेग्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

विहीबार, ३१ साउन २०८१, १६ : १७

काठमाडौँ - यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र एकान्तकुना, कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत बासुदेव रेग्मीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सेवाग्राहीको सवारी चालक अनुमति पत्र कार्यालयको अभिलेख सच्चाई नवीकरण गर्ने गराउने प्रयोजनको लागि सेवाग्राहीबाट घुस लिएको पुष्टि भएकाले विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनले सेवाग्राहीको सवारी चालक अनुमतिपत्र कार्यालयको अभिलेख सच्चाई नवीकरण गर्ने गराइदिने भन्दै २० हजार घुस लिएको अख्तियारले जनाएको छ । आयोगले २० हजार रुपैयाँ विगो कायम गरी बिगो बमोजिम जरिवाना र सजाय मागदाबी लिई मुद्दा दायर गरेको छ ।
 

विहीबार, ३१ साउन २०८१, १६ : १७

प्रतिक्रिया