पहिरो खसेपछि भेरी करिडोर अवरुद्ध

शुक्रबार, ३२ साउन २०८१, १० : ४२

काठमाडौँ- जाजरकोटको भेरी नगरपालिका(४ बोहरामा पहिरो खसेपछि भेरी करिडोर अवरुद्ध भएको छ।

पहिरोले सडक अवरुद्ध हुँदा सवारी साधन र यात्रु अलपत्र परेका छन्। पहिरोले पोल बगाउँदा विद्युत् सेवा पनि बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले बताए।

त्यस्तै, रुकुम पश्चिमको मुसिकोट नगरपालिका(११ र १२ को बीचमा पर्ने पितिबाङ खोलामा गए रातिको वर्षाका कारण बहाव बढ्दा राप्ती लोकमार्ग अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध हुँदा बिहानैदेखि दाङ जाने तथा त्यताबाट आउने सवारीसाधान तथा सदरमुकाम मुसिकोट आउने साना-ठूला सवारीसाधन पितिवाङ खोलामा रोकिएका छन्।

बाटोमा केही समस्या नभएको र पानीको सतह घट्नेबित्तिकै राजमार्ग सञ्चालन जिल्ला प्रहरी कार्याल्यका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले बताए। पहिरोले रुकुमपश्चिम खण्डमा मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ। चौरजहारी मुसिकोट खण्डअन्तर्गत सानीभेरी गाउँपालिकाको चाइनाबगर र गिठागोटमा पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक पोखरलले बताए।
 

शुक्रबार, ३२ साउन २०८१, १० : ४२

प्रतिक्रिया