अमेरिकी उपविदेशमन्त्री रिचार्ड आर. बर्मा काठमाडौँ आइपुगे

शुक्रबार, ३२ साउन २०८१, ११ : ५६

काठमाडौँ - अमेरिकाको विदेश मन्त्रालयका व्यवस्थापन र स्रोतसम्बन्धी उपराज्यमन्त्री रिचार्ड आर. बर्मा नेपाल आइपुगेका छन् ।

काठमाडौंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत् बर्मा आज बिहान आइपुगेको जानकारी दिएको हो । भ्रमणका क्रममा उनले नेपाल सरकारका नेतृत्वकर्ता, यूएसएआईडी नेपालका कार्यक्रम कार्यान्वयनका साझेदार, चिया विज्ञ र नेपाली व्यवसायीसँग भेट्ने दूतावासले जानकारी दिएको छ ।

Capture

शुक्रबार, ३२ साउन २०८१, ११ : ५६

प्रतिक्रिया