फ्राईडे रिलिज अन्तर्गत फिल्म ‘बुलाकी’ प्रदर्शनमा

शुक्रबार, ३२ साउन २०८१, १२ : १४

काठमाडौँ - आजबाट फिल्म ‘बुलाकी’ प्रदर्शनमा आएको छ । फ्राईडे रिलिज अन्तर्गत फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो । फिल्मको यो पुनः प्रदर्शन हो । 

गत वर्षको वैशाखमा रिलिज भएको यो फिल्मले उल्लेख्य सोज पाउन नसकेको कारण रिलिज स्थगित गरिएको थियो ।बक्स अफिसमा ‘बुलाकी’को यो दोस्रो परीक्षा हो । फिल्मलाई बलिउडको ‘स्त्री २’ ठुलो चुनौती बन्न सक्छ । किनभने बिहीबार रिलिज भएको यो फिल्मले ओपनिङ व्यवसाय राम्रो गरेको छ ।

‘बुलाकी’ कर्णालीको संस्कृति र जीवन शैलीलाई उतारेको फिल्म हो । जारी प्रथा ९महिलाले अर्को बिहे गरेमा वा श्रीमानसँग बस्न नचाहेमा निश्चित रकम तिरेर छुटिनुपर्ने सामाजिक नियम०, बेरोजगारीको समस्या, सन्तान नहुँदाको पीडा, कर्णालीको सङ्घर्षपूर्ण जीवनलाई मियो बनाएर कथावाचन गरेको छ ।

लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्ममा सुरक्षा पन्त, नरेन खड्का, बिराज विष्ट, रमेश बुढाथोकी, लक्ष्मी गिरी, धनबहादुर राई, झलनाथ खत्री, सुशील पोखरेल, कुलदीप अधिकारी, लक्ष्मण देवकोटा लगायतको अभिनय छ । टोपेन्द्र विष्ट निर्माता तथा शिवराज पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा शिव ढकालको छायाङ्कन छ ।

शुक्रबार, ३२ साउन २०८१, १२ : १४

प्रतिक्रिया