काठमाडौँ - फिल्म ‘सतीदेवी’को ‘माया बसेको रैछ’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा निर्देशक सुवेदीको शब्द, दीपक शर्माको संगीत, प्रताप दास र दीपा लामाको स्वर छ । गीतमा फिल्मकी मुख्य अभिनेत्री मलिका महत र कलाकार सन्दीप बाबु लोहनीको रोमान्टिक अवतार हेर्न सकिन्छ ।
फिल्ममा मलिका र सन्दिपको अलवा हर्षिका वली, मन्जिला बानियाँ, रमेश वुढाथोकी, कुल बहादुर अधिकारी, भोलाराज सापकोटा, सिर्जना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बु, मनीषा सापकोटा लगायतका कलाकारको अभिनय छ ।
लक्ष्मण सुवेदीको लेखन, निर्माण र निर्देशनमा तयार भएको फिल्ममा दिलासा, सारा, योगेश, विवेक, समीक्षा, लक्की, लोकप्रसाद र श्रीदेवी सुवेदीको लगानी छ । फिल्ममा तारा थापाको सम्पादन, दीपक शर्मा र सुभाष भुसालको संगीत, रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा देव महर्जनको एक्सन छ ।
प्रतिक्रिया