काठमाडौँ - सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ मा हिम पहिरो गएको छ ।
हिमपहिरोका कारण थामे गाउँ प्रभावित भएको बुझिएको छ । हिम पहिरो बाढीका रूपमा झरेपछि जिल्लाको दुधकोसी नदीमा भिषण बाढी आएको छ । सोलुखुम्बु सदरमुकामबाट निकै टाढा रहेको खुम्बु क्षेत्रमा बाढीले के कति क्षति भयो भन्ने विस्तृत विवरण आइसकेको छैन ।
प्रतिक्रिया